१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ट्रान्सफर्मर पड्किँदा सरकारी वेबसाइट डाउन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२४:oo

विद्युतकाे गडबडीका कारण मंगलबार साँझदेखि सबै सरकारी वेबसाइट डाउन भएका छन् । ‘डटजिओभिडटएनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट मंगलबार राति १२ बजेसम्म खुल्न सकेका छैनन् । सरकारी वेबसाइट डाउन हुँदा त्यसबाट प्रवाह हुने सेवासमेत अवरुद्ध भएको छ ।

सरकारको केन्द्रीय डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरोध हुँदा वेबसाइटहरू डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालय परिसरमा रहेको केन्द्रीय डाटा सेन्टरमा विद्युत् प्रवाह हुने ट्रान्सफर्मर पड्किँदा यस्तो समस्या भएको हो,’ उनले भने, ‘मंगलबार राति १२ बजेसम्म पनि समस्या समाधान हुन सकेको छैन, यसमा प्राविधिक टोलीले काम गरिरहेको छ ।’

अध्यगमनसहित सरकारका ‘डटजिओभिडट’ सर्बर डाउन भएकाले अध्यागमन म्यानुअल रूपमा चलाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए । ‘म्यानुअल्ली काम गर्दा उडानअनुसार अध्यागमन प्रक्रियालाई  प्राथमिकतामा राखिएको छ, प्राविधिक टोली समस्याको समाधानमा जुटेको छ,’ उनले भने ।

ad
ad