१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
संजित परियार काठमाडाैं
२०८० असार ५ मंगलबार १०:३८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रेम चलाउनेलाई न्याय माग्दै बृहत् नागरिक आन्दोलन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०८० असार ५ मंगलबार १०:३८:००

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि  सांघातिक हमला गर्नेहरूलाई मन्त्रिपरिषद्को बैठकले उन्मुक्ति दिने निर्णय गरेसँगै बृहत् नागरिक आन्दोलनले त्यसको विरोध गरेको छ । चलाउनेलाई ०७७ असोज २० गते नेविसंघले सांघातिक हमला गरेर घाइते बनाएको थियाे ।

बृहत् नागरिक आन्दोलनले विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन जिल्ला अदालतपरिसर अगाडि प्रदर्शन गरेको छ । न्याय हराए कहाँ जाने ?,कानुनी राज्य कायम गर, मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर, प्रेम चलाउनेलाई न्याय दे लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उभिएका छन् । जिल्ला अदालतपरिसरमा देखिएका केही दृश्य :