१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १९:o५:oo

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक आक्रमण गर्ने ६ जनालाई जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले सो फैसला गरेको हो। उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो।

कांग्रेसनिकट विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा सातजनाविरुद्ध मुद्दा परेको थियो।

प्रतिवादीमध्ये दीपक ओझालाई अदालतले सफाइ दिएको छ। साथै, उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति दिनसमेत अदालतले भनेको छ।