१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o४:oo

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको साताैँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको सिटौलाको भनाइ छ। ‘नेताहरूमा पार्टी र राष्ट्रको स्वार्थभन्दा व्यक्तिको निजी स्वार्थ हाबी भयो । नेपाली कांग्रेसलगायत सबै पार्टी, सरकार, संसद् तथा संवैधानिक निकायहरूमा समेत व्यक्तिगत स्वार्थ हाबी भएको छ,’ उनले भने।

नेपाली कांग्रेसभित्रको अवस्थामा अहिलेकै निरन्तरतामा चले ०५८ सालतिरको अवस्था हुने नेता सिटौलाको दाबी छ।

उनले भने, ‘नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली कांग्रेसभित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न सकिँदैन। यसको निरन्तरता भए झन्डै ०५८ सालतिरको अवस्था नहोला भन्न सकिँदैन,’ उनले भने।

ad
ad