Skip This
अर्थमन्त्रीले गरे आन्तरिक राजस्व कार्यालय विराटनगरको निरीक्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २८ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्थमन्त्रीले गरे आन्तरिक राजस्व कार्यालय विराटनगरको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:३५:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री डा. महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्।  

‘सेवाग्राहीमाझ सहज रूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा  नहेर्न आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनको क्रममा भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला।’

‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरूले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजस्वको महत्वपूर्ण पक्ष हो। तरकारी तथा फलफूलको आयातमा मात्र कर लाग्छ,’ मन्त्री डा. महतले भने, ‘आमउपभोक्ताका लागि मूल्य अभिवृद्धि करबारे बुझाउन जरुरी छ।’ 

मन्त्री डा. महतले भने, ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरूले पनि राम्रो काम गरिरहनुभएको छ र अझै राम्रो काम गर्नुहोला। आमनागरिकलाई दुःख दिने काम नगर्नुहोला।’

उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ।’

ad
ad