१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बास्केटबल विजेता टोली सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:oo:oo

नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्री बाई थ्री बास्केटबल उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा १२ देखि १८ वैशाखसम्म भएको प्रतियोगितामा सहभागी चार खेलाडी र एक प्रशिक्षक सम्मानित भएका हुन् । 

संघका अध्यक्ष भीमसिंह गुरुङले विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङलाई जनही ३० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन् । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो । नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो । संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबल इतिहासमै कुनै पनि टोलीले स्वर्ण जितेको यो पहिलो अवसर हो । प्रतियोगितामा नेपालसहित सात राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका चार गरी पाँच टिम समूह ‘एफ’मा थिए । 

समूह चरणका सबै खेल जितेको नेपाल विजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको थियो । नेपालले अन्तिम १६ मा भियतनामलाई हराएको थियो । क्वार्टरफाइनलमा साबिक विजेता होङही र सेमिफाइनलमा थाइल्यान्डलाई हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालका मनीष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

ad
ad