Skip This
साहुकार वेदनारायणको ज्यादतीपछि पीडितकाे अवस्था [तस्बिरहरू]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २ शनिबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o असार २ शनिबार १६:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

साहुकार वेदनारायणको ज्यादतीपछि पीडितकाे अवस्था [तस्बिरहरू]

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o असार २ शनिबार १६:५२:oo

सप्तरीका साहुकार वेदनारायण यादवले बिहीबार गुन्डा लगाएर महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घर भत्काए। परिवारका सदस्यहरूलाई बाँधेर बर्बर यातना दिए र घरमा भएका लत्ताकपडा–अन्नपात इनारमा फालिदिए।

गुन्डाहरूको कुटपिटबाट विजय, उनकी ६२ वर्षीया आमा जागोदेवी, पत्नी पुष्पा, भाइबुहारी रञ्जनकुमारी र १२ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । गम्भीर अवस्थामा रहेकी जागोदेवीलाई राजविराजस्थित अस्पतालले थप उपचारका लागि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । शरीरभर नीलडाम छन् । कुटपिटबाट विजयको शरीरमा पनि नीलडाम छन् ।

साहुकार वेदनारायणसँग विजयले करिब पाँच वर्षअघि चार लाख ऋण लिएका थिए । त्यसका लागि घरसहितको दुई कट्ठा जग्गा पास गरेका थिए । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिने प्रतिबद्धता साहुकारको थियो । विजयको परिवारले चार लाख ऋणको अहिलेसम्म ६ लाख तिरिसक्यो । तर, ‘अझै बाँकी छ’ भन्दै साहुकार वेदनारायणले ज्यादती गरिरहेका छन् ।

साहुकारले भत्काइदिएपछि यस्तो छ अवस्था [तस्बिरहरू]