राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका छन् ।
मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल आज बिहान बाँसबारीस्थित हृदय रोग केन्द्रमा भर्ना भएका हुन् । राष्ट्रपतिको सचिवालयबाट जारी प्रेस नोटमा स्वास्थ्यमन्त्री बस्नेतलले अस्पताल प्रशासनसँग राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
‘नियमित स्वास्थ्य परीक्षणको क्रममा यस सहिद गंगालाल हृदय केन्द्रमा आज भर्ना हुनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ,’ प्रेस नोटमा उल्लेख छ ।