१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेस बाको र भगवानकाे पार्टी होइन, विचारको हो : महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४o:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस एमालेजस्तो बाको र राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो भगवान्को पार्टी नभई विचारको पार्टी भएको बताएका छन् । कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर दुई र दुई (ख)को आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले राम्रो काम गरे कांग्रेसलाई कसैलाई हराउन नसक्ने बताए ।

‘कांग्रेस एमालेजस्तो बाको पार्टी, रास्वपाजस्तो भगवान्को पार्टी होइन । यो विचारको पार्टी हो, त्यसैले कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले दाबी गरे, ‘जनताको मतबाट जितेपछि उनीहरूको काम गर्नुपर्छ । कांग्रेसका तर्फबाट जितेकाहरूले आज राम्रो काम गरे भोलि कसैले हराउन सक्दैनन् ।’ 

सरकारमा जान कांग्रेसले जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेकाले यस्तो निर्णय गर्नुपर्ने उनको भनाइ थियो । आगामी भदौमा हुने नीति अधिवेशनबाट कांग्रेसले स्पष्ट विचारको राजनीति अगाडि बढाउनुपर्ने भन्दै उनले नीति अधिवेशनले कांग्रेस कसैसँग पनि गठबन्धन गर्दैन भन्ने निर्णय गर्नुपर्ने बताए ।

लोकबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभाका सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा देखिएको गुट–उपगुटलाई तल्लो तहदेखि नै मिलाउँदै लानुपर्ने धारणा राखे । 

ad
ad