१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडामा तीनजना बालश्रमिकको उद्धार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४९:oo

आज जुन १२ अर्थात् बालश्रमविरुद्ध विश्व दिवस। हेटौँडा उपमहानगरपालिकाको विभिन्न तीन स्थानबाट तीनजना बालश्रमिकको उद्धार गरिएको छ। ०८० मंसिरसम्म हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने अभियान चलिरहँदा बालश्रम भने अझै रोकिएको छैन।

बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमिति हेटौँडा, श्रम तथा रोजगार कार्यालय बागमती प्रदेश, बाल हेल्पलाइन मकवानपुर, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी र वडा सहजकर्ताको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा उपमहानगरपालिकाको वडा नम्बर २, ६ र ११ बाट तीनजना बालश्रमिकलाई उद्धार गरिएको हो।
 
अनुगमन टोलीले हेटौँडा– २ मा रहेको लुम्बिनी पराठा एन्ड रोटी हाउसबाट आन्दाजी १५ वर्षीय बालकको उद्धार गरेको छ । मकवानपुरगढी गाउँपालिका– ७, सुकौराका ती बालकलाई आफन्तले पराठा हाउसमा काम गर्न ल्याएको होटेल सञ्चालक अर्जुन श्रेष्ठले बताए।

यस्तै, हेटौँडा– ६, हात्तीलेटमा रहेको भवनाथ सापकोटाको मिलमा काम गर्ने १२ वर्षीय एकजना बालकलाई पनि टोलीले उद्धार गरेको बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाले जानकारी दिइन्। करिब तीन–चार दिनदेखि ती बालक उक्त मिलमा काम गरिरहेको भन्ने जानकारी आएपछि उनको उद्धार गरिएको थियो।

टोलीले हेटौँडा ११ मा रहेको रुस्तम ब्याट्री वर्कशपबाट १५ वर्षीय बालकको उद्धार गरेको छ। वीरगन्ज स्थायी ठेगाना बताउने ती बालकले पाँच महिनादेखि वाइरिङको काम गर्दै आएको र आफूले काम गरेबापतको पारिश्रमिक भने नपाएको गुनासो गरेको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए। 

अनुगमन टोलीले उपमहानगर क्षेत्रभित्रका बालश्रमिक प्रयोग हुन सक्ने विभिन्न, होटेल, ग्यारेजलगायतका स्थानमा अनुगमन गरेको थियो।

अनुगमनपछि बालश्रमिक प्रयोगकर्ताहरूलाई चेतावनीसहित आइन्दा बालश्रम प्रयोग नगर्ने सर्तमा छाडिएको संयोजक ज्ञवालीले जानकारी दिए। उनले बालश्रममा प्रयोग भएका बालकको परिवारमा आर्थिक तथा पारिवारिक समस्या भएको पाइएको बताए।

संयोजक ज्ञवालीले निकृष्ट बालश्रममा लगाए १० हजार रुपैयाँ जरिवाना, तीन महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। यस्तै जोखिमपूर्ण काममा लगाए ५० हजार रुपैयाँ जरिवाना, एक वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था रहेको जानकारी दिए। 

उनले १४ वर्षमुनिका कुनै पनि बालबालिकालाई श्रममा लगाउन नपाइने र १४ वर्षभन्दा माथिका र १८ वर्षभन्दा मुनिका बालबालिकालाई सरकारी सेवा सुविधासहित अभिभावकको सहमतिमा श्रममा लगाउन पाइने कानुनी प्रावधान रहेको बताए।

हेटौँडा उपमहानगरपालिकाले ०८० मंसिरसम्म बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने अभियान चलाइरहेको वेला यहाँका विभिन्न होटेल, ग्यारेज र कार्यस्थलहरूमा अझै पनि बालश्रमिकहरू फेला परिरहेका छन्।

बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाले भने उपमहानगरपालिकाले १९ वटै वडामा अभियानअन्तर्गत श्रमिक बालबालिकाको उद्धार र पुनर्स्थापनाको काम गरिरहेको जानकारी गराइन्। 
 

ad
ad