१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सातौँ पोखरा स्पोर्टस् अवार्ड : सावित्रालाई स्कुटर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१२:oo

सातौँ पोखरा स्पोर्टस् अवार्ड २०७९ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडी हुन सफल सावित्रा भण्डारीलाई पुरस्कारबापतको इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा गत २३ वैशाखमा सम्पन्न अवार्डमा उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी भण्डारीलाई मञ्चका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठ, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्य राजु गिरीलगायतले आइतबार पुरस्कारबापतको स्कुटर हस्तान्तरण गरेका हुन्।

अवार्ड घोषणाको दिन भण्डारी खेलका क्रममा भारतमा रहेकाले कार्यक्रममा अनुपस्थित रहेकी थिइन्। भण्डारीले मनोनयनमा परेकी आर्चरीकी रोजिना थापामगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरलाई पछि पार्दै अवार्ड हात पार्न सफल भएकी थिइन्।

कार्यक्रममा विभिन्न सात विधामा अवार्ड वितरण गरिएको थियो। पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीले लाइफटाइम अचिभमेन्ट अवार्ड, क्रिकेटका करण केसीले वर्ष पुरुष खेलाडी, क्रिकेटका सुवास भण्डारीले वर्ष उदीयमान खेलाडी, आर्चरीका किशोरकुमार गुरुङले प्रशिक्षक, ह्यान्डबल संघ कास्कीले वर्ष उत्कृष्ट खेल संघ र सागरराज तिमिल्सिनाले वर्ष उत्कृष्ट पत्रकारको अवार्ड पाएका थिए।

अवार्ड पाएका सात विधामध्ये लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले ५० हजार मूल्यबराबरको चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा वर्ष खेलाडी पुरुष र महिलाले समान नगद दुई लाख १७ हजार पर्ने इलेक्ट्रिक स्कुटरका साथमा ट्रफी र दोसल्ला पाएका छन्। यसैगरी, उत्कृष्ट उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघले समान ३५–३५ हजार नगरसँगै ट्रफी र प्रमाणपत्र पुरस्कार पाएका छन्।

ad
ad