१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:२६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।

प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध–अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्ने बताए। प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने शाहीको तर्क छ।

‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु– यो  ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? अपराधको कुरामा अदालतमा जाने कुरा के हो ? त्यसैले म सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन । यो सामान्य कुरा होइन, युद्ध अपराधजस्तो मुद्दा सर्वोच्च अदालतमा दर्ता गरिसकेपछि प्रधानमन्त्रीज्यू त्यो पदमा बसिरहन उचित हुँदैन,’ उनले भने ।

ad
ad