Skip This
रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २७ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २७ शनिबार १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २७ शनिबार १३:२४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजय हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले अब रास्वपाको बाटो सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको जिकिर गरे। उनले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए।

‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो, नेपाली जनताले देखाएको बाटो सहज छ। तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दै छन्, सातो जाने खालको छ। तर, हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आमजनताले घरघरमा महसुस गरिसकेका छन्,’ उनले भने।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसवेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको लामिछानेको आरोप छ। अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको उनको तर्क छ।

‘हामीले वैवाहिक अंगीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ। हामीले सही ढंगबाट आओस् भनेका छौँ। हामीले नेपाली आमाका छोराछोरीले नागरिकता नपाऊन् भनेर बोलेकै छैन। जन्मसिद्ध नागरिकले नागकिरता पाउनुपर्छ भनेका छौँ। महिलामाथि विभेद छ, प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ। संसदमा ल्याएको भए दुधको दुध, पानीको पानी हुन्थ्यो, तर जानाजान कसैले न कसैले यसमा मुद्दा हाल्छ भन्ने जानेर हो कि, जानाजान यस्तोबाट ल्याइयो,’ उनले भने।