१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको एनएफआरएस–९ तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१२:oo

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र एसएआर एडभाइजर्सको संयुक्त आयोजना र इएन्डवाई श्रीलंकाको सहयोगमा ‘एनएफआरएस–९ तालिम’ सुरु भएको छ । नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले तालिमको उद्घाटन गरेका हुन् ।

 तीन दिन चल्ने तालिममा विकास बैंकका वित्त, लेखापरीक्षण आदि विभागका कर्मचारीको सहभागिता रहेको जनाइएको छ । तालिम इएन्डवाई श्रीलंकाका साझेदार राजीव परेराले दिइरहेको एसोसिएसनले जनाएको छ । कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई समेत प्रशिक्षण दिइने उल्लेख छ । 

नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेन्ट बैंकर्स एसोसिएसनले यस्तो अग्रसरता लिएको जनाइएको छ । तालिम उद्घाटन गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले डेभलपमेन्ट बैंकर्स एसोसिएसनले योजनाबद्ध रूपमा आफ्नासदस्य बैंकहरूलाई एनएफआरएस– ९ को आवश्यक तयारी गर्न–गराउनका लागि विशेष पहल गरेकोमा प्रशंसा गरेका थिए । नियमनकारी निकायको निर्देशनमा मात्र भरपर्नुभन्दा यसरी आफैँ अग्रसर भई काम गर्दा सबैलाई राम्रो हुने उनको भनाइ थियो । 

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालका पूर्वअध्यक्ष सुनिर ढुंगेलले विकास बैंकका लागि आवश्यक पर्ने ज्ञान आदानप्रदान गर्न आफूहरू सदैव तत्पर रहेको बताए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस– ९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने भएकाले व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीलगायतले जान्न र बुझ्नुपर्ने बताए । 

ad
ad