१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आर्थिक संकट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गरौँ : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५२:oo

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको उल्लेख गर्दै संकट समाधानका लागि बृहत् गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन्। राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने उनको तर्क छ।

‘धेरै देशहरूमा जब आर्थिक संकटको अवस्था आउँछ, त्यति वेला बृहत् आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन्। सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदायलगायत सबैको सहभागितामा एउटा बृहत् गोलमेच सम्मेलन गरौँ। त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो, त्यसको साझा अवधारणा बनाऔँ। त्यो एमाले अथवा कांग्रेसको अवधारणा हुँदैन। त्यो मुलुकको अवधारणा हुन्छ,’ भट्टराईले भने।

ad
ad