Skip This
राष्ट्रपतिद्वारा ६ देशमा आवासीय राजदूत नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २१ आइतबार १५:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा ६ देशमा आवासीय राजदूत नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १५:२८:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन्। 

राष्ट्रपतिले विभिन्न देशका लागि ६ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रियाका लागि भरतकुमार रेग्मी, रुसी महासंघका लागि मिलनराज तुलाधार, डेनमार्कका लागि प्राडा रामस्वार्थ राय  र इजिप्टका लागि सुशीलकुमार लम्साल  छन्। 
 
त्यसैगरी उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिली, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र कजाखस्तान, रायलाई लिथुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।