मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १९ शुक्रबार १६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्न चीन तयार छ : सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १९ शुक्रबार १६:१८:००

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सहयोग गर्न चीन तयार रहेको बताएका छन्।

चीन भ्रमणबाट फर्केपछि शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध कस्तो हुनुपर्छ र आगामी दिनमा यसलाई कसरी अघि बढाउनुपर्छ भन्ने विषयमा सघन छलफल भएको उनको भनाइ छ।

‘नेपालमा उहाँहरूले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राख्नुभएको थियो। हामीले तपाईंहरूले सहयोग गर्नुपर्छ भन्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न तयार छौँ, बरु एउटा असल मित्रको हैसियतले हामीलाई सबै कुरा खुलस्त भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्छ भन्नुभयो,’ सापकोटाले भने।