१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १७ बुधबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १६:५३:oo

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिस्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमारेखा’सम्बन्धी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने नौजनालाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, नेकपा क्रान्तिकारी (माओवादी)का सिपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुल दंगा र नाराबाजी गर्ने नौजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौं बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर उपमहानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाईं, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगढ–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन्।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिक रूपमा नाराबाजी गरेका थिए। 

पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नाराबाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।