१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o२:oo

अधिकांशलाई व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम छ । तर, हामीले व्यायाम गरेपछि सोहीअनुसार खानामा ध्यान दिन सक्नुपर्छ । जिम जानुस् वा घरमै व्यायाम गर्नुस्, सन्तुलित भोजन आवश्यक छ । शरीरलाई प्रोटिन, फ्याट, फाइबर, भिटामिन आवश्यक पर्ने भएकाले सन्तुलित खानेकुरा खानुपर्छ ।

अन्डा, माछा, मासु, केरा, दूध, ओटमिल, सिजनअनुसारका तरकारी, सलादलगायत खानुपर्छ । बोसोरहित मासु खानुपर्छ । सकेसम्म हरियो सागसब्जी र फलफूलमा जोड गर्नुपर्छ । पर्याप्त पानी पिउने गर्नुपर्छ । सन्तुलित भोजनले शरीरमा ऊर्जा बढाउँछ, रोगसँग लड्ने क्षमताको विकास गर्छ, मांसपेशी बलियो बनाउँछ र तौल बढ्नबाट रोक्छ । धूम्रपान र मदिरा सेवनबाट टाढै बस्नु राम्रो हुन्छ । त्यस्तै, अति चिल्लो, तारेको, फुटेको, जकंफुडलगायत खाद्यान्न खानुहुँदैन । 

खाना कति खाने र कुन समयमा खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा खान नजानेर पनि तौल बढ्छ । प्रोटिन सप्लिमेन्टको प्रयोग गर्नुअगाडि फिटनेसविज्ञ तथा त्यससँग सम्बन्धित ज्ञान भएका व्यक्तिसँग परामर्श लिएर मात्र खाँदा राम्रो हुन्छ । 

घरमै व्यायाम :  शारीरिक व्यायामका लागि नियमित जिम जानुपर्छ वा जिम गएर व्यायाम गर्दा मात्रै स्वस्थ भइन्छ भन्ने भ्रम धेरैमा हुन्छ । स्वस्थ रहन जिम सेन्टर जान जरुरी छैन । हामी घरमै पनि कसरत गर्न सक्छौँ । 

ad
ad