मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार १७:५४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आठ महिनामा साढे २० अर्ब विदेशी लगानी स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १४ आइतबार १७:५४:००

चालू आर्थिक वर्षको फागुनसम्म आठ महिनामा उद्योग विभागमा विदेशी लगानीका एक सय ५९ उद्योग दर्ता भएका छन्। जसमा २० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ।

यो लगानी गत आवको सोही अवधिको तुलनामा भने ३५.४ प्रतिशतले कम हो। गत आवको फागुनसम्म एक सय ४९ उद्योगमा ३१ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको थियो।

०७९ फागनुसम्म उद्योग विभागमा दर्ता भएका विदेशी लगानीका कुल ५ हजार ६९२ उद्योग पुगेका छन्, जसमा ४ खर्ब ३९ अर्ब ७८ करोडबराबरको विदेशी लगानी स्वीकृत गरिएको छ। यी उद्योग परियोजना सञ्चालनबाट ३ लाख एक हजार ५९८ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता छ।