मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Thursday, 10 July, 2025
२o८o जेठ १३ शनिबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा सबै मिलेर जाऔँ : ज्ञानेन्द्र शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १७:१४:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले देशका सबै मिलेर जान आवश्यक रहेको बताएका छन्। सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा शाहले नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्ने बताए।

‘अब हामी भन्छौँ– मिलौँ। हामी सबै मिलौँ। त्यसैले हामी भन्दछौँ– जुटौँ। हामी सबै एक भएर जुटौँ। त्यसैले हामी भन्दछौँ– हामी नफुटौँ,’ उनले भने, ‘परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौँ। त्यसैले फेरि पनि भन्छौँ– जुटौँ, खटौँ र डटौँ।’

पूर्वराजा शाहले नेपालमा अहिले विकास नभएर कुरा मात्रै धेरै भएको दाबी गरे। ‘अहिले जेसुकै वादका कुरा गरे पनि देशको विकास भएको छैन,’ उनले भने, ‘कुरा मात्र धेरै भएको छ।’ आफ्नो पहिचान हाम्रो सान भएको शाहले बताए। 

‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो,’ उनले अगाडि भने, ‘त्यसैले अब कसरी जाने ? के कस्तो विधि व्यवस्था अँगाल्ने ? र, हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौँ।’