मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दुबई
२०८० जेठ १३ शनिबार ०८:३६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इन्स्टाग्राममा रोनाल्डोका फलोअर्स सर्वाधिक

Read Time : < 1 मिनेट
दुबई
२०८० जेठ १३ शनिबार ०८:३६:००

इन्स्टाग्राममा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका फलोअर्स ५८ करोड ५० लाख पुगेका छन्

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको इन्टाग्राममा ५८ करोड ५० लाख फलोअर्स पुगेका छन् । अन्तर्राष्ट्रिय मिडियाले शुक्रबार सार्वजनिक गरेको खेलाडीहरूको फलोअर्स सूचीमा रोनाल्डो शीर्षस्थानमा रहेका हुन् । गत वर्ष साउदी अरेबियाको अल नासेर क्लबमा आबद्ध भएपछि उनको इन्टाग्राममा फलोअर्स बढेको जनाइएको छ ।

विश्व फुटबलकै स्टार खेलाडी एसियन भूमिमा व्यावसायिक लिग खेल्न आएपछि रोनाल्डोको इन्टाग्राममा अस्वाभाविक रूपमा बढेको एजेन्सीहरूको भनाइ छ । पश्चिम र पूर्वी एसियन राष्ट्रहरूले रोनाल्डोलाई पछ्याएका छन् । वर्तमान समयकै सर्वाधिक महँगा खेलाडीसमेत रहेका रोनाल्डोले अल नासेरमा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । 

रोनाल्डोलाई अर्जेन्टिनी कप्तान लियोनल मेसीले पछ्याइरहेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेलाडीसमेत रहेका मेसीका फलोअर्स ४६ करोड १० लाख रहेका छन् । मेसी र पिएसजीबीचको सम्झौता यसै वर्ष सकिँदै छ । मेसी पिएसजीमा रहने वा नरहने टुंगो छैन । यद्यपि, मेसीका एजेन्टले फुटबलको नयाँ सिजनमा मेसी कुनै एक युरोपियन फुटबल क्लबमा फर्कन सक्ने जनाएका छन् । 

खेलाडीतर्फ भारतका विराट कोहली तेस्रो स्थानमा छन् । भारतीय मिडियाका अनुसार कोहलीको इन्टाग्राममा २५ करोड फलोअर्स पुगेका छन् । इन्डियन प्रिमियर लिग (आइपिए)को रोयल च्यालेन्जर्स बेंग्लोरका मुख्य खेलाडीसमेत रहेका कोहलीको पछिल्लो समय एसियन भूमिमा फलोअर्स बढेका छन् । समग्र भारतीय खेलाडीमध्ये सबैभन्दा धेरै फलोअर्स भएका खेलाडी कोहली हुन् । १६औँ आइपिएलमा कोहलीले दुई शतकको मद्दतमा ६ सय ३९ रन बनाएका थिए । कोहलीको ध्यान अब विश्व टेस्ट च्याम्पियनसिपमा रहेको छ ।