१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ ११ बिहीबार १८:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १८:५७:oo

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ। रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए। राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको समेत दर्शन गरे।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथजात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरू सहभागी थिए।

पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराएको किंवदन्ती छ।