मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ९ मंगलबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेतासहित सुदूरपश्चिमको मन्त्रिपरिषद् सिंहदरबारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १२:५९:oo

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेको छ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री र कृषिबाहेकका सबै मन्त्रीहरूसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन्।

भेटमा शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। अथाह सम्भावनाहरू भएर पनि सुदूरपश्चिम पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए।

भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताएका थिए। कुनै वेला काठमाडौं आउन भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकाे सुदूरपश्चिम टाढाजस्तो लागे पनि अहिले काठमाडौंबाट धेरै टाढा नरहेको सुनाए।

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रोसँग समेटेको भन्दै उनले बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन आश्वासन दिए। ‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो,’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नुपर्‍याे। सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो।’