2023-05-23-12-42-07.jpeg)
सगरमाथा आरोही हरि बुढामगर काठमाडौं आएका छन्। दुवै खुट्टा नभएर पनि उनले विश्वको सर्वोच्च शिखर आरोहण गरेका हुन्।
पूर्वगोरखा सैनिकसमेत रहेका उनलाई त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायतले स्वागत गरेका हुन्। सन् २०१० मा अफगानिस्तानको लडाइँमा बुढामगरले दुवै खुट्टा गुमाएका थिए।
घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन्।बुढामगरले मोन्ट ब्लाङ (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) हिमाल आरोहण गरिसकेका छन्।