Skip This
दश दिनको प्रशिक्षणपछि नेपाली टोली जिम्बावे जाने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दश दिनको प्रशिक्षणपछि नेपाली टोली जिम्बावे जाने

दक्षिण अफ्रिकामा दश दिनको प्रशिक्षण गरेपछि नेपाली टोली जिम्बावेमा आयोजना हुने एकदिवसीय ग्लोबल छनोटमा सहभागी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:५३:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । गत फागुनमा आइसिसी विश्वकप लिग–२ को तेस्रो स्थानमा रहँदै नेपालले जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको स्थान सुरक्षित गरेको थियो । विश्वकप छनोट १८ जुनदेखि ९ जुलाईसम्म जिम्बावेमा हुनेछ । आइसिसीले ग्लोबल छनोटमा छनोट भएका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेको छ । 

प्रत्येक समूहमा पाँच–पाँच राष्ट्र हुनेछन् । समूह चरणका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा पुगेका टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुईमा पर्न सक्ने टोलीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा स्थान पक्का गर्नेछन् ।

ग्लोबल छनोटमा श्रीलंका, आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बावे टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । यी राष्ट्रले आइसिसी सुपर कपको शीर्ष आठ स्थान रक्षा गर्न नसक्दा ग्लोबल छनोट माध्यमबाट विश्वकप प्रवेशका लागि प्रतिस्पर्धा गरेका हुन् । ग्लोबल छनोटमा विश्वकप लिग–२ को च्याम्पियन स्कटल्यान्ड, उपविजेता ओमान र नेपाल छनोट भएका टोली हुन् । विश्वकप लिग–२ को प्ले अफको शीर्ष दुई स्थान रक्षा गरेको युएई र अमेरिकाले ग्लोबल छनोट स्थान पक्का गरे । 

प्रारम्भिक नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार ग्लोबल छनोट प्रतिस्पर्धामा सहभागी जनाउने २२ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । क्यानले कप्तानीको जिम्मेवारी रोहितकुमार पौडेललाई नै दिएको छ । क्यानले घोषणा गरेको टोलीमा खेलाडी परिवर्तन छैनन् । एसिसी प्रिमियर लिग विजेता खेलाडीलाई नै क्यानले पहिलो प्राथमिकतामा राखेको छ ।

एसिसी प्रिमियर कपमा एक खेलमा समेत सहभागिता नजनाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रारम्भिक छनोटमा स्थान पक्का गरेका छन् । त्रिवि मैदानमा हुने एक हप्ताको क्लोज क्याम्पपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ । क्यानले दक्षिण अफ्रिकामा १७ जेठमा अभ्यास खेलमा सहभागी गराउनुअघि टोली घोषणा गरेको हो ।

जिम्बावेको वातावरणसँग घुलमेल हुन दक्षिण अफ्रिकामा अभ्यास खेल खेलाउन लागेको हो । दक्षिण अफ्रिकामा निस्कनुअघि नेपाली खेलाडीले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक साताको अभ्यास गर्नेछ । 

ad
ad