१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o१:oo

लमजुङ र गोरखाका चार पालिका जोडेर बुद्ध हिमाल–हिमालचुली–ग्रेटलेक सर्किट ट्रेल निर्माण गरिने

लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि  ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले विभिन्न  कार्यक्रम गर्ने भएको छ ।  विगत ४५ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरु, दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाईएको टानका अध्यक्ष निलहरि बास्तोलाले बताए। उनका अनुसार बुधबार दोर्दी गाउँपालिकामा भएको स्थानीय तह प्रमुखहरूसंगको बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ । 

टानले बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेलको लागि गोरखाको अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङको सम्झौतापत्रमा हस्ताक्षर  छ ।

यस्तै उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समिति समेत निर्माण गरिएको छ । समितिको सदस्यहरुमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देपकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।

यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दुधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सिमानामा बेसीशहर नगरपािलका भएकाले राईनास र बेसीशहर साझेदारी र सहकार्य गर्नका लागि राइनास नगरपालिका, बेसीशहर नगरपालिका र नासो गाउँपालिकालाई समाबेश गर्ने  निर्णय गरिएको छ । 

सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवर्द्धनात्मक संयोजन टानले गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईले बताए  ।

सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआर तयार गर्ने, नयाँ पदमार्गको प्रवर्द्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार  गरिनेछ । नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताल लगायत प्राकृतिक तथा सांस्कृतिक क्षेत्र पर्दछन् ।
 

ad
ad