१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षा क्षेत्रको बजेट घटाउनु दुर्भाग्यपूर्ण : सांसद खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षाको बजेट घटाए दुर्भाग्यपूर्ण हुने बताए। सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उनको भनाइ छ।

‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेटभन्दा झन्डै हामीलाई यही वर्ष पनि सय अर्बभन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ। तर, मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ। त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ,’ खनालले भने।

ad
ad