१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ४ बिहीबार १०:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन समितिको कार्यविधि पारित : सभापति निर्वाचन यथाशीघ्र गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ४ बिहीबार १०:१६:००

कानुन न्याय तथा मानव अधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बिहान ९ बजे बसेको बैठकले समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित गरेको हो। 

कार्यविधिमा विनाजानकारी पाँच बैठकमा अनुपस्थित हुने सदस्यलाई निष्कासन गर्ने व्यवस्था छ । अनुपस्थित हुने जानकारी एसएमएसबाट गराउन सकिने व्यवस्था छ । त्यस्तै, संविधानले मानव अधिकारलाई निर्देशन दिन नमिल्ने भनेकाले प्रतिवेदनमा छलफल गर्ने व्यवस्था राखिएको छ ।  

ज्येष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि एमालेका मंगलप्रसाद गुप्ताले ज्येष्ठताका आधारमा अध्यक्षता गरेका थिए। बैठकमा सदस्य प्रतीक्षा तिवारी, रञ्जु झा, रमेश लेखक र सुवास नेम्वाङले सभापति निर्वाचन पहिलो प्राथमिक एजेन्डा बनाउनुपर्ने धारणा राखेका थिए । सभापति भयो भने समितिले गति लिने भन्दै सभापति निर्वाचनमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो । 

सदस्य लेखकले सभामुखले सभापति निर्वाचन तोकेपछि बल्ल समितिमा प्रक्रिया अगाडि बढ्ने बताए । बैठकमा सम्पत्ति शुद्वीकरण र टिआरसी विधेयकलाई उपसमितिमा पठाउने विषयमा छलफल भइरहेको छ । कानुनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक द्रुत गतिमा लानुपर्ने बताए ।