१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

टीकापुर घटनामा सफाइ, तर अर्काे मुद्दामा जन्मकैद काट्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o९:oo

सर्वोच्चले तल्लो तहका दुईवटा अदालतको फैसला उल्ट्याउँदै मंगलबार गंगाराम चौधरी र सीताराम चौधरीलाई सफाइ दियो । उनीहरू ७ भदौ ०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा कर्तव्य ज्यान र डाकाचोरीसम्बन्धी मुद्दामा कैलाली कारागारमा जन्मकैद भोगिरहेका थिए । सर्वाेच्चले मुद्दा चलाइएकामध्ये दुईजनालाई सफाइ दिएसँगै सीताराम बुधबार रिहा भएका छन् । तर, गंगारामले भने कैद सजाय भोग्नुपर्ने भएको छ ।

जिल्ला कारागारका प्रमुख जेलर पदमराज तिमिल्सिनाका अनुसार गंगाराम कर्तव्य ज्यान र डाकाचोरीसम्बन्धी अर्को मुद्दामा दोषी ठहर भई जन्मकैद सजाय पाएका कसुरदार हुन् । गणेशराज ओझाको जाहेरीमा कर्तव्य ज्यान र डाकाचोरी मुद्दामा जिल्ला अदालतले चौधरीलाई जन्मकैद र एक लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

कैलाली अदालतले गणेशराजको मुद्दामा १७ माघ ०७६ मा फैसला सुनाए पनि जोशीपुर– १ बडहरियाका गंगाराम ३ असोज ०७५ देखि नै टीकापुर घटनामा थुनामा थिए ।

थरुहट आन्दोलनका क्रममा आठ सुरक्षाकर्मी र एक बालकसहित नौजनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा सर्वोच्चले रेशम चौधरीको जन्मकैदको फैसला भने सदर गरेको छ । उच्च अदालतले जन्मकैद सुनाएका लक्ष्मण चौधरीलाई सर्वोच्चले तीन वर्ष कैद हुने फैसला गरेको छ ।

ad
ad