१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शरणार्थी प्रकरणका दोषीलाई कुनै बहानामा चोख्याउनुहुँदैन :  शेखर कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१६:oo

कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस पार्टी एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन्।

कांग्रेस पार्टी यतिवेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै उनले हरेक पाइलामा पार्टी एक्लै उभिनुपर्नेमा जोड दिएका हुन्।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे।

कोइरालाले पछिल्ला दिनहरूमा राजनीतिक दल र नेताहरूप्रति आमजनताको धारणा नकारात्मक रहेकोले नेताहरू सुध्रिने समय आएको पनि बताए।

काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको २५औँ साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने बताए।  ‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ,’ कोइरालाले भने।

ad
ad