१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस प्रवक्तालाई प्रश्न- पार्टी सभापति किन मौन ?  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:३३:oo

कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने चाहेको बताएका छन्। 

मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले कांग्रेसबाट उक्त प्रकरणमा तानिएका बालकृष्ण खाण, आङटावा शेर्पा, मञ्जु खाण, आरजु देउवा राणालगायतका नेताबारे पार्टीको धारणा सार्वजनिक गरे। 

प्रवक्ता महतले विवादमा परेका नेताबारे स्पष्टीकरण दिइरहेका वेला सञ्चारकर्मीले एक्कासि पार्टी सभापति शेरबहादुर देउवा किन मौन ? भनेर प्रश्न गरे। 

उनले सभापति देउवाको पहिलेदेखि नै धेरै बोल्ने बानी नभएको र कम बोलेर जारी अनुसन्धानलाई सघाइरहेको प्रतिक्रिया दिए। 

उनले भने, ‘उहाँको धेरै बोल्ने बानी पहिनेदेखि छैन। निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको छ। दोषी प्रमाणित भयो भने कानुनअनुसार अघि बढ्छ।’

ad
ad