१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मञ्जु खाणलाई पार्टीले फलो गरेको छैन : प्रवक्ता महत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२३:oo

कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने चाहेको बताएका छन्। 

मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले कांग्रेसबाट उक्त प्रकरणमा तानिएका बालकृष्ण खाण, आङटावा शेर्पा, मञ्जु खाण, आरजु देउवा राणालगायतबारे पार्टीको धारणा राखेका हुन्। 

विवादमा तानिएपछि सम्पर्कविहीन भएकी मञ्जु खाणबारे सोधिएको प्रश्नमा उनले भने, ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन । मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ। आरजुको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ। ट्रायल गरेर दोषी हो भनेर भन्न भएन। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अडियो झुटो हो भन्ने विश्वास छ।’  

पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि उनकी श्रीमती मञ्जु सम्पर्कविहीन छिन्।  

ad
ad