१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २ मंगलबार ११:१८:००

हाइकिङमा हिमालको दृश्यावलोकन गर्दै हिँड्नुको बेग्लै मज्जा छ । हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा फाइदा पनि छ । चराचुरुंगीको आवाज सुन्दै डाँडापाखामा हिँड्दा मनमा आनन्द आभास हुन्छ । कुनै तनाव वा समस्या छ भने त्यसलाई घरमै छाडेर निस्कनुस् । हाइकिङ गर्दाको समय प्रकृतिको मज्जा लिनुस् । यदि बाटोमा कुनै रोमाञ्चक दृश्य देखियो भने एकछिन रोकिएर त्यसलाई ध्यानपूर्वक नियाल्न सक्नुहुनेछ । यसले पनि मस्तिष्कलाई आनन्द दिन्छ । 

शारीरिक गतिविधिले मस्तिष्कको कार्यक्षमता बढाउँछ । हाइकिङ गर्दा पनि यही हुन्छ । दिनमा केवल ३० मिनेट मात्रै बाहिर घुम्न निस्कँदा पनि मुड फ्रेस हुन्छ । तपाईंले आफूलाई सकारात्मक पाउनुहुन्छ र आत्मविश्वास बढ्छ । 

हाइकिङ एउटा रमाइलो यात्रा हो । यसले तनावको स्तर कम गर्ने तथा मानिसलाई शान्त बनाउने गर्छ । मुटु स्वस्थ राख्न पनि हाइकिङले भूमिका खेल्छ । त्यस्तै, हड्डी र मांसपेशी बलियो बनाउँछ । रक्तचाप नियन्त्रण हुन्छ । मधुमेहका रोगीका लागि हिँड्नु फाइदाजनक छ । मोटोपन कम भएर जान्छ । डिप्रेसन र एन्जाइटी कम गराउँछ । राम्रो निद्रा लाग्छ ।