१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाइफबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२३:oo

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमासम्बन्धी सम्झौता भएको छ । देशभरका कृषि सहकारी केन्द्रीय संघको सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बिमा सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

यो एक प्रकारको लागत प्रभावी जीवन बिमा रहेको कम्पनीको भनाइ छ । योजनाअन्तर्गत बिमितको मृत्यु भएमा बिमांकबराबर रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

संघले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनीकरण र समावेशीकरणका लागि आफ्ना सदस्यहरूको क्षमता वृद्धि गरी असल अभ्यासका साथ सामाजिक पुँजीको विकास गर्न उत्पे्ररणा गर्ने भूमिका निर्वाह गर्दै आएको जनाएको छ । हाल संघबाट नेपालका ७७ वटै जिल्लाका एक हजार दुई सयभन्दा बढी संस्थाहरूमा आबद्ध १२ लाखभन्दा बढी साना किसान परिवारहरूले सेवा लिइरहेको जनाइएको छ । 
 

ad
ad