१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फेलिसिटी ब्राडस्टक
२o८१ बैशाख १७ सोमबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण

उपभोक्ता स्वामित्वमा नवीकरणीय ऊर्जाको युग

बेलायतको कम्पनी रिपल इनर्जी अति कम विद्युत् महसुल आउने हरित परिवर्तनमा उपभोक्तालाई लगानी गर्नमा सहयोग गर्न चाहन्छ

Read Time : > 2 मिनेट
फेलिसिटी ब्राडस्टक
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५१:oo

विश्वभरका सरकारले निजी कम्पनीलाई जीवाश्म इन्धनको प्रयोग जतिसक्दो कम गर्न र हरित ऊर्जा एवं सम्बन्धित प्रविधिमा लगानी गर्न प्रेरित गरेका छन् । यसो गर्दैगर्दा उनीहरूले उपभोक्ता बजार विस्तार गर्ने कोसिस पनि गरेका छन् । पानी तथा घर तताउन प्रयोग गरिने ग्यास, हावा, सौर्य ऊर्जा तथा हाइड्रोजन विकल्पका लागि जीवाश्म इन्धनभन्दा परको कदम स्वीकार गर्नसमेत प्रेरित गरेका छन् । 

धेरैजसो उपभोक्ता हरित परिवर्तनमा आफ्नो भूमिका होस् भन्ने चाहन्छन् । तर, कतिपयसँग घरमा नवीकरणीय ऊर्जा प्रविधि जडान गर्न पुँजी या स्थान छैन । तर, बेलायतको एक कम्पनी अति कम विद्युतीय बिल आउने हरित परिवर्तनमा उपभोक्तालाई लगानी गर्न सहयोग गर्न चाहन्छ । ‘रिपल इनर्जी’ले इंग्ल्यान्डको दक्षिण–पूर्वी डेभोनमा रहेको पहिलो साझा सौर्य पार्कका लागि फन्ड जुटाउँदै छ । पहिलेदेखि नै चलेका दुई सफल सामुदायिक ऊर्जा योजनापछि रिपलले ४२ मेगावाट डेरिल वाटर सोलार पार्कलाई तेस्रो योजनाका रूपमा विकास गर्न खोजेको छ, जुन आगामी वर्षको मध्यतिर सुरु हुने बताइएको छ । तर, बेलायतभरिका १४ हजार घरमा विद्युत् (ऊर्जा) पुर्‍याउन रिपलले उत्पादन पनि पर्याप्त मात्रामा गर्नुपर्ने हुन्छ । 

कम्पनी सह–स्वामित्वको ऊर्जा परियोजना सुरु गर्नेबारे सोचिरहेको छ, जसमा ७० हजार प्यानल हुनेछन् । यी प्यानललाई हजारौँ मानिसले साझा गर्न सक्छन् । साथै, लगानीकर्ताले आफ्नो घरको बिजुली–बिलको १२० प्रतिशत कभर गर्न जम्मा २५ युरो शुल्क भुक्तानी गरे पुग्छ ।

सामान्यतः पार्कको एक टुक्रा जमिनका लागि तीनदेखि ६ हजार युरो तिर्नुपर्ने हुन्छ । रिपलसँग पार्कको १० प्रतिशत हिस्सा छ । यसमा घरधनीले यही महिनाको मध्यसम्म बाँकी ९० प्रतिशत खरिद गर्न सक्ने बताइएको छ । कम्पनीले यसो गर्नुको उद्देश्य देशभरका जनतालाई हरित संक्रमणमा लगानीको अवसर दिनु हो । यीमध्ये केहीको अवस्था सोलार प्यानल जडान गर्न सक्ने नहुन सक्छ या पर्याप्त ठाउँ नहुन सक्छ । तर, यो अवसरले उनीहरूलाई बेलायतको भावी सौर्य ऊर्जामा लगानी गर्ने अवसर दिनेछ । साथै, उपभोगको लागत पनि घटाउनेछ । 

विद्युत् मूल्यको भविष्य अनिश्चित छ । विशेषगरी, बेलायत जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जातिर बढेको छ । प्राकृतिक ग्यासको बढ्दो लागतले घरको विद्युत्–बिल गत वर्षको तुलनामा निकै बढाएको छ । 

घरमा यस्तो सोलार प्यानल जडान गर्न औसत ७ हजारदेखि १२ हजार युरो खर्च हुन्छ, जुन पार्कको एक टुक्रामा गर्ने लगानीभन्दा बढी हो । पार्कबाट बेलायतको कार्बन उत्सर्जनमा पनि महत्वपूर्ण प्रभाव पार्न सक्ने आकलन गरिएको छ । यसले वार्षिक १९ हजार टन कार्बन उत्सर्जन घटाउनेछ । 

रिपल इनर्जीका संस्थापक सिइओ सारा मेरिकका अनुसार उपभोक्ता स्वामित्वसहित डेरिल वाटर पार्क भिन्दै खालको सोलार पार्क बन्नेछ । जसले कम लागतमा हरित ऊर्जा आपूर्ति गर्छ, त्यो नै यसको स्वामित्वकर्ता बन्नेछ । ‘हामी चाहन्छौँ, डेरिल वाटर पार्क विश्वकै उपभोक्ता स्वामित्ववाला सोलार पार्क बनोस्,’ साराको भनाइ छ, ‘यसको उद्देश्य हरित ऊर्जा स्वामित्वको लहर पैदा गर्नु हो, जुन आममानिसलाई जलवायु प्रभाव बनाउन र उनीहरूको विद्युत्–बिल स्थिर राख्न सहयोग गर्छ । हामीलाई आशा छ, बढीभन्दा बढी मानिस यो परियोजनाको हिस्सेदार बन्नेछन् ।’

सह–स्वामित्व योजनाले रिपलद्वारा प्रबन्धित सहकारी संस्थामा उपभोक्तालाई सेयर खरिदको अनुमति दिई काम गर्नेछ । यस्तै, लगानीकर्ताले साइटसँग जोडिएका ६ ऊर्जा आपूर्तिकर्ता छनोट गर्न सक्नेछन् । त्यसपछि उपभोक्तालाई ४० वर्षका लागि बिजुलीको बिलमा २५ प्रतिशतसम्म छुट दिइनेछ । 

विद्युत् मूल्यको भविष्य अनिश्चित छ । विशेषगरी, बेलायत जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जातिर बढेको छ । प्राकृतिक ग्यासको बढ्दो लागतले घरको विद्युत्–बिल गत वर्षको तुलनामा निकै बढाएको छ । विश्वभर नवीकरणीय ऊर्जा परियोजनामाथि सामुदायिक प्रभावबारे थुप्रै अध्ययन भएका छन्, जसमा समुदायको भागिदारी र स्वीकृतिले परियोजनालाई सफल बनाएका छन् । अमेरिकाको नेसनल रिन्युएबल इनर्जी लेबोरेटरीको सामुदायिक सहभागितालाई हरित संक्रमणको सफलताका रूपमा हेरिन्छ । 

सन् २०२२ को रिपोर्टअनुसार अमेरिकाका १८० समुदायले सन् २०५० सम्म शतप्रतिशत हरित ऊर्जा संक्रमणको प्रतिबद्धता गरेका छन् । त्यहाँ स्थिरताका लागि स्थानीय सरकारसहित तीन सय ३२ अमेरिकी सदस्य र २५ सय अन्तर्राष्ट्रिय सदस्य छन् । यस्तै, एक अर्बभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने एघार हजार सात सय ५२ सहर जलवायु र ऊर्जाका लागि प्रतिबद्ध छन् ।

समुदायद्वारा सञ्चालित नवीकरणीय ऊर्जा परियोजना सफल भएका उदाहरण विभिन्न देशका अध्ययनले देखाएका छन् । यीबारे व्यापक छलफल पनि भएको छ । रिपल इनर्जीले लगानी गर्ने घरपरिवालाई आग्रह गरी यो विचारलाई अगाडि बढाउने सोचिरहेको छ । 

ad
ad