मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
२०८० बैशाख २९ शुक्रबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न अल्पकालीन आदेश

Read Time : < 1 मिनेट
२०८० बैशाख २९ शुक्रबार १३:५७:००

दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न अदालतले आदेश गरेको छ। 

उच्च अदालत तुलसीपुरले बिहीबार उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिँदै माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य  यथास्थितिमा राख्न आदेश दिएकाे हाे। 

हिमबहादुर डाँगीले दिएको निवेदनमा कायममुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले यस्तो आदेश दिएकाे हाे। साथै यो विषयमा छलफलका लागि दुवै पक्षलाई जेठ १ गते बोलाइएको छ।

तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा कार्य गरिएको थियो। त्यो कार्यको कांग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक संघ–संगठनहरूले विरोध जनाएका थिए।