१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

संघ र स्थानीय सरकारलाई जोड्न प्रदेश आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:४५:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकार र स्थानीय सरकारलाई जोड्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

बिहीबार विदुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री जम्कट्टेलले पछिल्लो समय प्रदेश खारेजीको आवाज उठ्न थालेको उल्लेख गर्दै प्रदेश खारेज भएमा संघीयता नै नहरने बताए। ‘प्रदेश नरहे संघीयता पनि रहँदैन। यो व्यवस्थै रहँदैन। अर्कै व्यवस्था आउँछ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘संघीयतामा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुन्छ। शिक्षा, स्वास्थ्य, खेलकुद, सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरू सञ्चालन गरिरहेका छौँ।’

जनअपेक्षाअनुसार काम गर्न नसकिएकाले पनि केही विरोध आएको उल्लेख गर्दै उनले प्रदेश सरकारहरूले पनि कतिपय कमजोरीहरूलाई सुधार्दै जानुपर्ने बताए। नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री जम्कट्टेलले आर्थिक विकासका लागि कृषि क्षेत्रमै आमूल परिवर्तनको आवश्यकता रहेको औँल्याउँदै आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले व्यक्तिकेन्द्रित कृषि अनुदान बन्द गर्ने जानकारी दिए।

व्यक्तिकेन्द्रित कृषि अनुदानले कृषि उत्पादन बढ्न नसकेको र किसानको जीवनस्तरमा पनि खासै परिवर्तन नआएकाले समुदायमा आधारित कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएको उनको भनाइ छ। ‘अब समुदायमा आधारित कृषि उत्पादन मोडेलमा जानुपर्छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखि नै यो नीति लागू गर्दै छौँ।’

मुख्यमन्त्री जम्कट्टेलले साना तथा टुक्रे योजनाहरू स्थानीय तहलाई जिम्मा दिएर प्रदेश सरकार टुक्रे योजनाबाट बाहिर रहने बताए। उनले प्रदेशभरि महत्व राख्ने केही योजनाहरूलाई अघि बढाउने र अबदेखि प्रदेश सरकारले पाँच–दश लाखका टुक्रे योजनामा लगानी नगर्ने नीति कडाइको साथ लागू गर्ने प्रस्ट पारे।

ad
ad