Skip This
बागलुङका ४० प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २८ बिहीबार १४:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङका ४० प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १४:५o:oo

बागलुङ नगरपालिका– १३ पैयुँपाटाकी रमा शर्मा आमाको उपचारका लागि धौलागिरि अस्पताल पुगिन्।  साथमा उपचार खर्च नहुँदा पनि उनले स्वास्थ्य बिमाको सेतो कार्ड देखाएर सम्पूर्ण उपचार खर्च त्यहीँबाट तिरिन्।

गत वर्ष तीन हजार पाँच् सय रकम तिरेर स्वास्थ्य बिमा गरेकी शर्मा र उनको परिवारले अहिले सहज रूपमा उपचार सेवा लिँदै आएका छन्। स्वास्थ्य बिमा गरेसँगै उनी र उनको परिवारले अचेल अस्पताल जाँदा पैसा बोक्दैनन्। शर्मा परिवारजस्तै अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन सयजना बिमित सदस्य नियमित सेवा लिन आउँछन्।

पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने लहर नै चलेको छ । स्वास्थ्य बिमाबाट बिमित परिवारलाई एक लाख रुपैयाँबराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बिमा कार्यक्रममा सहभागी हुनेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बिमामा आबद्ध भएका छन्। अहिलेसम्म ३१ हजार नाै सय १० परिवारका ९७ हजार नाै सय ८९ जना बिमित सदस्य रहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले जानकारी दिए।

गएको वर्षभन्दा यस वर्ष बिमा गर्नेको संख्या झन्डै सात प्रतिशतले वृद्धि भएको छ। बिमित सदस्यमध्ये जिल्लामा ५१ हजार सात सय ३३ जना महिला र ४६ हजार दुई सय ६१ जना पुरुष रहेको पौडेलले जानकारी दिए। बिमा गराएपछि वर्षको एकपटक आफ्नो स्वास्थ्य अवस्था जाँच गर्नेको संख्या पनि बढेको छ। बिमा गर्नेको संख्यालाई यही वर्ष ५० प्रतिशत पुर्‍याउने  कार्यालयको योजना छ।

स्थानीय तहको प्राथमिकतामा बिमा कार्यक्रम
पछिल्लो समय स्वास्थ्य बिमाप्रति स्थानीय तह उत्तरदायी बन्दै गएका कारण यसमा आबद्ध हुनेको संख्या बढ्दै गएको पौडेल बताउँछन्। स्वास्थ्य बिमाका लागि जिल्लाको निसीखोला गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ। गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेको छ।

त्यस्तै काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाले पनि गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने नीतिगत निर्णय गरेरै कार्यक्रम अगाडि बढाएका छन्। यसले जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या झनै बढ्दै गएको दर्ता अधिकारी पौडेलले बताए। विगतका वर्षमा भन्दा यस वर्ष ७५ प्रतिशत बिमित सदस्यले आफ्नो सदस्यता नवीकरणसमेत गरेका छन्। बिमा कार्यक्रममा सहभागी गराउन जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य  बिमा बाेर्डले जनाएको छ।