१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसरी बच्ने झाडापखालाबाट ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o८:oo

किन हुन्छ ?
झाडापखालाका कीटाणु गर्मी मौसममा बढी सक्रिय हुन्छन् । यस मौसममा खानेकुरा पनि छिटो गल्छ र कुहिन्छ । मुख्यतः दूषित पानी पिएमा, सडेगलेको, झिँगा बसेको खाना खाएमा, काँचै खाने तरकारी तथा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जीवाणु पानी, खाना र हातका माध्यमबाट शरीरभित्र प्रवेश गर्दछन् र झाडापखाला लाग्छ । 

लक्षण 
- पटक–पटक दिसा लाग्नु ।
- बान्ता हुनु,  पेट दुख्ने । 
- बिरामी शिथिल हुँदै जाने । 
- बच्चाले दूध चुस्न नसक्ने । 
- झाडापखाला लागेको बिरामीलाई समयमा नै उचित उपचार गरिएन भने मृत्युसमेत हुन सक्छ ।

बच्न के गर्ने ?
- साबुनपानीले मिचिमिची हात धुने बानी बसाल्ने ।
- राम्ररी पाकेको खानेकुरा खाने । ताजा खानेकुरा मात्र खाने ।
- खानेकुरालाई झिँगा, धुलोबाट सुरक्षित राख्ने ।
- पानी उमालेर अथवा शुद्धीकरण विधि प्रयोग गरेर मात्रै पिउने ।
- सरसफाइमा ध्यान दिने । घरवरपर सफा राख्ने । फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने ।

झाडापखाला लागेमा 
- पुनर्जलीय झोल बनाएर खाने ।
- उमालेको पानी, झोलिलो पदार्थ प्रशस्त मात्रामा खाने । बासी, सडेगलेका खानेकुरा नखाने । 
- स्तनपान गराइरहेको शिशुलाई झाडापखाला भएमा धेरैपटक स्तनपान गराउने ।
- पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाहमा पुनर्जलीय झोलसँगै जिंक चक्की खुवाउने । सरसफाइमा ध्यान दिने । पुनर्जलीय झोल खाँदा पनि झाडापखाला निको नभएमा स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

ad
ad