१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विराटनगरमा एनसेल कन्सर्ट हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:३o:oo

 एनसेल आजियाटा लिमिटेडले विराटनगरमा एनसेल कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले हाटखोला मैदानमा जेठ १३ गते शनिबार चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुति रहेको कन्सर्ट आयोजना गर्ने भएको हो । 

कार्यक्रम दिउँसो दुई बजेबाट सुरु भई बेलुका नौ बजेसम्म आयोजना गरिने एनसेलले जनाएको छ । कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनील पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने जनाइएको छ । कन्सर्ट एनसेलको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ । जसले गर्दा विराटनगरवासी मात्र नभई देश–विदेशमा रहेका सम्पूर्ण नेपालीले कार्यक्रमको मनोरञ्जन लिन सक्ने कम्पनीको भनाइ छ । 

नजिकैको एनसेल सेन्टर वा आधिकारिक विक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी यस कन्सर्टको टिकट निःशुल्क पाउन सकिने कम्पनीको भनाइ छ । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको जनाएको छ ।

यसैगरी, कम्पनीले विदेशमा रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको जनाएको छ । यस सांगीतिक कार्यक्रमले विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र उहाँका नेपालमा रहनुभएका परिवारलाई भरपूर मनोरञ्जन गर्ने एनसेलले विश्वास व्यक्त गरेको छ । 

ad
ad