मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २६ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १८:१२:oo

नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले उच्चस्तरीय आयोग गठन गरेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित पीडितहरूको पुनर्स्थापना गर्न माग गरेका हुन्।

‘कञ्चनपुर जिल्लाको शुक्लाफाँटा आरक्ष विस्तारको नाममा २०५८ सालदेखि विस्थापित आरक्षपीडितहरू शिविरमा छन्। समस्या समाधानको नाममा दर्जनौँ आयोग गठन गर्ने र कहिले पनि समाधान नहुने भएको हुनाले सरकारले छिटोभन्दा छिटो उच्चस्तरीय समिति गठन गरेर समाधान गर्नुपर्‍यो,’ उनले भने। 

सांसद तामाङले समस्या समाधान गर्न नसक्ने हो भने हुँदैन भनेर सरकारले जनतालाई सुसूचित गर्नुपर्ने र त्यसको जिम्मेवार सरकार हुने चेतावनीसमेत दिए।