मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २२ शुक्रबार ११:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंक र हिमालयन फ्रन्टटायर्सबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २२ शुक्रबार ११:४९:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखराको लेकसाइडमा रहेको हिमालयन फ्रन्टटायर्स प्याराग्लाइडिङ प्रालिसँग बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी गरेको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छुट पाउने समझदारी भएको हो । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको उललेख गरेको छ । 

बैंकले हाल देशभरमा एक सय ८२ शाखा, एक सय ३९ एटिएम तीन विस्तारित काउन्टरका साथै ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।