१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आज २५६७औँ बुद्धजयन्ती : लुम्बिनीमा विशेष कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१७:oo

आज २५६७औँ बुद्धजयन्ती । लुम्बिनीलाई झकिझकाउ गरी सजाइएको छ । बुद्धजयन्तीको सम्पूर्ण तयारी पूरा भएको छ । जयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिँगारिएको छ । 

मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती जडान गरिएको छ । लुम्बिनीवरिपरि स्वागतद्वार, तुल, ब्यानर राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार लुम्बिनीमा आयोजित हुने विशेष औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यसअघि बिहीबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शान्तिदीपमा दीप प्रज्वलन र प्रार्थना गरेर साँझ बुद्धजयन्तीको शुभारम्भ गरे ।  मन्त्री किराँतीले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र परित्राठ पाठ गरेका हुन् । 

यसपटक बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० मनाउन एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, राजदूतलगायतलाई निमन्त्रणा गरिएको छ । शुक्रबार साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित महापरित्राण गरिएको छ । शुक्रबार बिहान ६ बजे पूर्णिमा पाठ पूजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुनेछ । त्यसैगरी,  समारोह समापनलगत्तै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित पत्राचार तथा स्थानीय वेशभूषामा संस्कृतिक कार्यक्रम हुनेछ । 

‘वैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रासमेत हुने लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले बताए । अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री सुशीला श्रीपालीले गर्ने कार्यक्रम तय भएको छ । बुद्धजयन्तीको भोलिपल्ट २३ गते तिलौराकोटमा हुने मायादेवी शोभायात्राको नेतृत्व कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले गर्नेछन् । बोधिसत्व सिद्धार्थलाई तिललौराकोट भिœयाउँदै गरेको प्रतीक स्वरूप मायादेवी शोभायात्रा हरेक वर्ष बुद्धजयन्तीको भोलिपल्ट गर्ने गरिएको छ । 

ad
ad