१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवनियुक्त खेलकुदमन्त्री लिम्बू भन्छन्– दैनिक १८ घण्टा मन्त्रालयमै बसेर काम गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:५५:oo

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मन्त्रालयमा रहेर दैनिक १८ घण्टा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास आफ्नो प्राथमिकतामा रहने बताए। खेलाडी र पदाधिकारीहरूले यस क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ।

‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ। खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु। सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु। केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घण्टाको समय दिएर काम गर्नेछु,’ उनले भने।
 

ad
ad