१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सम्पत्ति हस्तान्तरण गर्न स्मार्टलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३३:oo

नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । प्राधिकरणले स्मार्टको अनुमति स्वतः खारेज भएको सूचना जारी गर्दै सम्पत्ति हस्तान्तरण गर्न भनेको हो । 

ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले आज सूचना प्रकाशित गरी उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चारका पूर्वाधार, संरचना,सञ्जाललगायत सामग्री चालु अवस्थामै प्राधिकरणलाई हस्तान्तरण गर्न  पनि भनेको छ । 
 

ad
ad