१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २० बुधबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक लाख घुस खाने ललितपुर महानगरका अधिकृतविरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १४:५१:oo

एक लाख घुस खाएकाे आराेपमा ललितपुर महानगरकाे शिक्षा महाशाखाका अधिकृतविरुद्ध मुद्दा दायर भएकाे छ। 

शिक्षक सरुवामा एक लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ तह) शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। घुस लिएका उनलाई यसअघि अख्तियारले रंगेहात पक्राउ गरेको थियो। 

थप छानबिन गरेर अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदाबी लिई अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो।