Skip This
पृथ्वी राजमार्ग पुनः ठप्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २० बुधबार १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वी राजमार्ग पुनः ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १३:१o:oo

पृथ्वी राजमार्गमा सवारी आवागमन फेरि ठप्प भएको छ। धादिङको धार्केस्थित गणेश खोला पुलनजिकै फेरि भ्वाङ परेर सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको हो। 

धुनिबेँसी नगरपालिका– ६ र थाक्रे गाउँपालिका– ८ को सिमाना जोड्ने गणेश खोला पुलनजिकै सडक भासिएपछि ग्याबिन जाली लगाएर एकतर्फी सवारी आवागमन गरिएको थियो। 

सोही स्थाननजिकै सडक भासिएर भ्वाङ परेपछि अहिले दुवैतर्फको सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलालप्रसाद जैसवारले बताए। 

सोमबार करिब अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग १८ घन्टापछि हिजो (मंगलबार) बिहान करिब १० बजेदेखि एकतर्फी खुलेको डिएसपी जैसवारले बताए। 

एक दिनपछि पुनः राजमार्ग ठप्प बनेको छ। उनले भने, ‘यति समयमा राजमार्ग खुल्छ भन्न सकिँदैन। अहिलेको तत्कालको विकल्प भनेको वैकल्पिक मार्ग अपनाउनु नै हो। पश्चिमतर्फका लागि नागढुंगाबाट त्रिभुवन राजपथ हुँदै हेटौँडा, हेटौँडादेखि कुलेखानी फर्किङ हुँदै काठमाडौं। त्यस्तै अर्काे मार्ग बालाजु बाइपासबाट नुवाकोट हुँदै गल्छीको बाटो प्रयोग गर्न सकिन्छ,’ उनले भने ।