मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १९ मंगलबार ११:१५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वायु प्रदूषणको असरबाट कसरी बच्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १९ मंगलबार ११:१५:००

पछिल्लो समय देशभर नै प्रदूषणको मात्रा बढ्दै गएको छ । राजधानी सहर काठमाडौंमा प्रदूषणको असर अझै धेरै छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिमसमेत बढेको छ । लामो समयसम्म वातावरण प्रदूषण भइरहँदा विभिन्न रोग लाग्छन् । 

प्रदूषणका कारण
- सवारीसाधनको चाप बढ्नु । पुराना सवारीसाधनबाट निस्कने धुवाँ ।
- बाटो खन्दा निस्कने धुलो वातावरणमा मिसिनु । 
- जथाभावी फोहोरमैला फाल्नु, जलाउनु । 
- कलकारखानानजिकै मानव बस्ती हुनु ।
- धुवाँधुलो नियन्त्रण गर्न नसक्नु । 
- डढेलो लाग्नु ।

स्वास्थ्यमा पार्ने असर

हामी बसिरहेको ठाउँको हावा प्रदूषित हुँदा रुघाखोकी लाग्ने, पिनासको समस्या हुने, श्वासप्रश्वासमा समस्या, एलर्जी, फेरेन्जाइटिस हुने, लेरेन्जाइटिस हुने, निमोनिया आदि समस्या देखिन्छ । प्रदूषणले दम, मुटुरोगलगायत दीर्घरोगका बिरामीलाई पनि थप असर गर्छ । शरीरका विभिन्न अंगमा प्रदूषणको नकारात्मक प्रभाव पर्छ ।

- प्लास्टिकका फोहोर जलाउँदा निस्केको प्रदूषणले पछि गएर क्यान्सरसमेत हुन सक्छ । प्रदूषणमा मिसिएको लिड, सिलिका, सल्फाइड, कार्बनमनोअक्साइडले सीघै स्वास्थ्यमा असर पु¥याउँछ । गाडीबाट निस्कने धुवाँ, फोहोर तथा आगो बाल्दा निस्केको धुवाँले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । 

कसरी बच्ने ?
- प्लास्टिकजन्य तथा अन्य फोहोरजन्य वस्तु खुला स्थानमा बाल्नुहुदैन । जथाभावी फोहोर नफाल्ने, नबाल्ने । 
- पुराना थोत्रा, धुवाँ फाल्ने गाडीको प्रयोग कम गर्ने वा यसको मर्मतसम्भार गरव् धुवाँ फाल्न कम गर्ने । 
- घरबाहिर निस्कँदा मास्क प्रयोग गर्ने । 
- निर्माण कार्य भइरहेका ठाउँमा नजाने । निर्माण कार्यमा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्ने । 
- विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने ।
- कलकारखाना तथा उद्योगलाई मानव बस्तीबाट टाढा राख्ने ।
- मानव बस्तीवरिपरि धुवाँजन्य पदार्थ नजलाउने ।
- व्यवस्थित सहरीकरणको विकास गर्ने ।
- खोला, नाला, नदी, ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने ।