अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन थप सेना परिचालन

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

धादिङको धुनिबेँसी नगरपालिका– ६ स्थित गणेश खोलामा आएको पहिरोले सोमबारदेखि पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ । सोमबार करिब ४ः३०  देखि सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

पहिरो गएलगत्तै सोही स्थानमा धादिङस्थित गणबाट खटिएको नेपाली सेनाको इन्जिनियर टोलीले सडक विभागका कर्मचारीसँग सहकार्य गरी काम गरिरहेको छ । रातभरि करिब १० फिटबाट ग्याबियन वायर लगाएर माटो र ढुंगा भर्ने काम गरिरहेको नेपाली सेनाले जनाएको छ । 

अवरुद्ध सडक जतिसक्दो छिटो खुलाउन बिहानैबाट थप सेना परिचालन गरिएको पनि जनाइएको छ । 

सुझावित समाचार